+
+
Shares

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार ९ गते १२:३६

९ असार, काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।  उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए ।  त्यहीक्रममा  उनी पक्राउ परेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?