+
+
Shares

पर्यटन बोर्ड र टिकटकद्वारा कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १४:२७

१० असार, काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीलाई कन्टेन्ट क्रिएसन र डिजिटल स्टोरी टेलिङसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको छ ।

भिजिट नेपाल नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ । यसले पर्यटकलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग पुग्ने छ ।

तीन दिनसम्म सञ्चालन हुने यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित सहभागीले एकत्रित भएर सर्ट भिडियो क्रिएसन, अडियन्स इन्गेजमेन्ट, डिजिटल स्टोरी टेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेमा सिक्नेछन् ।

यस क्रममा टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना एवम् मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई व्यापक दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यस प्लेटफर्मको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले पर्यटन प्रवद्र्धनलाई डिजिटल माध्यममार्फत नयाँ उचाइमा पुर्‍याउने यो उपयुक्त समय रहेको बताए । ‘नेपालको समृद्ध संस्कृति, अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा विश्वप्रसिद्ध आतिथ्यतालाई सिर्जनात्मक ढंगले डिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्न आवश्यक छ’ उनले भने ‘यस कार्यशालाले हाम्रो ज्ञान अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने छ ।’

डिजिटल प्लेटफर्महरूका कारण मानिसहरूको गन्तव्य, संस्कृति र अनुभव खोज्ने तरिकाहरू बदलिएकाले यस्ता प्लेटफर्मको प्रभाव बढ्दै जाँदा कन्टेन्ट क्रिएटरहरूले यात्रा गर्न प्रेरित गर्ने र संसारभरका दर्शकलाई पर्यटकीय गन्तव्यहरूसँग जोड्ने काममा महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताए ।

टिकटकसँगको यो सहकार्य मार्फत पर्यटन व्यवसायी, कन्टेन्ट क्रिएटर र यात्रा गर्न रुचाउनेहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको स्टोरी टेलिङ क्षमता सशक्त बनाउँदै नेपालमा फैलिँदै गरेको टुरिजम क्रियटर कम्युनिटीलाई सहयोग गर्न चाहेको उनको भनाइ छ ।

‘यसको प्रमुख उद्देश्य भनेको स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई व्यावसायिक कन्टेन्ट क्रिएटर बन्न आवश्यक पर्ने सिप प्रदान गर्नु हो’ नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?