+
+
Shares

रवि लामिछानेलाई मनिष झाको आग्रह– गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १३:५७

१२ असार, चितवन । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’

अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको भन्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?