+
+
Shares

मानव अधिकार आयोगको कार्यक्षेत्रबारे बहस हुनुपर्‍यो : रामकुमारी झाँक्री

उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्‍यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १६:४९
फाइल तस्वीर

१२ असार, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले २३ र २४ भदौको जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने बताइन् ।

उनले जेनजी आन्दोलको क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन् ।

उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रूपमा देश जलाउन लगाउने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्‍यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् ।’

उनले अगाडि भनिन्, ‘२३ र २४ भदौको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनका लागि निर्देशन दियो, निर्णय गर्‍यो र फिल्डमा गएर देश जलाउने काम गर्‍यो ? यी देश जलाउनेहरू, देश द्रोहीहरुलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरु पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको छ ।’

उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्यून आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो ररुपमा उभिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?