+
+
Shares

महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन संसद्‌मा पेस

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३ संसद्‌मा पेस गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३ कानुन मन्त्री सोबिता गौतमद्वारा संसद्‌मा पेस गरिएको छ।
  • आइतबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक खरिद र सहकारी सम्बन्धी विधेयकहरू प्रस्तुत गरिएका छन्।
  • अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक सदनमा प्रस्तुत गरेका छन्।

१४ असार, काठमाडौं । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३ संसद्‌मा पेस भएको छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३ संसद्‌मा पेस गरेकी हुन् ।

योल सँगै आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरिन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गरिन् ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?