News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड फिल्म ‘तेन्जिङ’ यही असोज २३ गते (९ अक्टोबर) मा प्रदर्शन हुँदै छ।
- एप्पलद्वारा निर्मित यो चलचित्रमा तेन्जिङ नोर्गे शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन्।
- नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मले नेपालभित्र १५ करोड रुपैयाँ खर्च गरेको बताइएको छ।
काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् ।
प्रविधि कम्पनी एप्पलले यो फिल्म निर्माण गरेको हो । एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ । यो फिल्मलाई सगमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भक्तपुर, तनहुँको बन्दीपुरमा छायांकन गरिएको छ ।
नेपाली अभिनेत्री थिन्ले ल्हामोले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।
‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् । फिल्मको नेपाल छायांकन होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रूले संयोजन गरेका थिए । नेपाल छायांकनमा चर्चित नेपाली छायांकार विष्णु कल्पितले काम गरेका थिए ।
तर, यो फिल्मले नेपाल छायांकनका लागि ‘टासी’ नामबाट छायांकन अनुमति लिएको थियो । नेपालमा छायांकन गर्दामात्र यसले १५ करोड रुपैयाँ नेरु खर्च गरेको बताइएको छ ।
शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।
प्रतिक्रिया 4