News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्।
- अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत आउन समय लाग्ने भएकाले तत्काल मूल्य घटाउन नसकिने उनले बताए।
- अर्थमन्त्री वाग्लेले आफू मन्त्री भएलगत्तै इन्धनको मूल्य घटाउन पहल गरेको दाबी गर्दै अब केही समयमै मूल्य घट्ने स्पष्ट पारेका छन्।
१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे ।
केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो ।
उनले भने, ‘अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अब टाइम ल्याक त हुन्छ । क्रुड प्राइस त घटी नै सक्यो । भारतीय आयल निगममार्फत हामीले जुन इन्धन आयात गर्ने गरेका छौं । त्यो एकजस्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अब घटनेवाला छ ।’
अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे ।
प्रतिक्रिया 4