+
+
Shares

चुनावअघि कम्युनिस्ट एकता गरेको भए सय सिट आउँथ्यो, बालेनको ‘तानाशाह’ चल्दैन थियो : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल नहुँदा वामपन्थी आन्दोलनले लज्जास्पद हार व्यहोर्नुपरेको बताउनुभयो ।
  • खनालले चुनावी गठबन्धन भएको भए वामपन्थीले करिब एक सय सिट जित्ने र बालेन शाहको तानाशाही शैली नचल्ने दाबी गर्नुभयो ।
  • मदन भण्डारी विषयक विचार गोष्ठीमा खनालले वामपन्थी दलहरूले इतिहास र जनताको माग अनुसार अघि बढ्न नसकेको भन्दै आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ ।

उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप पनि सम्बोधनको क्रममा लगाए ।

‘…करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौंं कि सकेनौं ? यो आत्मसमीक्षा गर्ने घडी पनि हो,’ खनालले भने ।

उनले चुनावअघि नै एमाले र नेकपाको कार्यगत एकता भएको खण्डमा आउने चुनावी परिमाणमको आकलन पनि सम्बोधनको क्रममा सुनाए ।

यस्तो छ झलनाको आकलन–

भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्मनाक पराजय भोग्नुपर्‍यो, यदी यिनै दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, तथ्यांक एकपटक सम्झना गरौं त नेपाली कम्युनिस्ट पार्टीले १७, नेकपा एमालेले २५ दुईवटा जोड्दा ४२ सिट । यो दुईवटा जुध्दा हामीले ३२ सिट हामीले हरायौं । त्यो ३२ पनि हाम्रै हुन्थ्यो । त्यो दुईवटा जोड्दा ७४ हुन्थ्यो । दुईवटाबीच एकता भएको भए त्यो मल्टिप्लाई हुन्थ्यो । करिब १ सय सिट वामपन्थीको हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?