News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको काम अनाडीहरूबाट हुन नहुने बताएका छन् ।
- खनालले संविधानलाई बाँदरको हातमा नरिवल बन्न दिन नहुने उल्लेख गर्दै यसलाई निश्चित मापदण्ड र संयन्त्रका आधारमा मात्र संशोधन गर्नुपर्ने बताए ।
- मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको गणतन्त्र र संविधानमाथि विभिन्न चुनौती तथा खतरा बढ्दै गएको बताए।
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।
संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ ।
संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए ।
देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए ।
खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविधान एउटा लचिलो दस्तावेज हो । आवश्यकता अनुसार परिष्कृत-परिमार्जन गर्नुपर्छ । तर बाँदरको हातमा नरिवल बन्न दिनुहुँदैन । संविधानलाई हामीले संशोधन गर्नुपर्ने भए पनि त्यही स्ट्यान्डर्डको आधारमा, त्यही मेकानिजमको आधारमा गर्नुपर्छ । अनाडीहरूबाट संविधान संशोधन गरिँदैन ।’
प्रतिक्रिया 4