News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नगरपालिकास्थित एक होटलबाट दुई किलो २०५ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा डडेल्धुराका ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरका ५२ वर्षीय मिनराज भट्ट रहेका छन् ।
- प्रहरीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
१४ असार, धनगढी । कैलालीमा दुई किलो चरेससहित दुई जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित एक होटलबाट डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ५२ वर्षीय मिनराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
उनकाअनुसार शाही गोदावरी र भट्ट धनगढीमा डेरा गरि बस्दै आएका थिए । उनीहरुको साथबाट दुई किलो २०५ ग्राम चरेस बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले दिउँसो साढे १ बजेतिर ममता सेकुवा सेन्टरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अप्रेसन गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4