News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका आठ वर्षीय छोरा अनिकेश र सुरेश यादवका आठ वर्षीय छोरा आदित्य रहेका छन्।
- घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ नदीमा प्रहरीले दुवै बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
१४ असार, रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ ।
बागमती नदीको समनपुर हरैया घाटमा नुहाउने क्रममा क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका करिब ८ वर्षीय छोरा आदित्य यादव नदीमा डुबेर बेपत्ता भएका थिए।
नदीमा बालक बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी निरीक्षक मुना पासवानको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो ।
प्रहरीले दिउँसो घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ नदीमै खोजी गर्ने क्रममा अनिकेश र आदित्य यादवको शव समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4