News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका क्रममा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
- अख्तियारले मन्दिर निर्माणमा विनियोजित बजेटभन्दा बढी भुक्तानी दिएर आर्थिक हिनामिना गरेको भन्दै जनप्रतिनिधि, कर्मचारी र निर्माण समितिका पदाधिकारीलाई विपक्षी बनाएको छ ।
- आर्थिक वर्ष २०७५/७६ मा बाँठपाली देवताको मन्दिर निर्माण गर्दा अनियमितता भएको दाबी गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
१५ असार, काठमाडौं । बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।
मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको काम गर्ने र कन्टेन्जेन्सी बापत २ लाख २५ हजार खर्च हुने भनिएको थियो ।
तर वास्तविक कामभन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भनी अख्तियारले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।
अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाँउपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरामाथि मुद्दा दायर गरेको हो ।
उनीहरूले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट मन्दिर बनाएका थिए ।
प्रतिक्रिया 4