News Summary
Generated by OK AI. Editorially reviewed.- मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको विश्वकप खेलमा मोरक्कोले इन्जुरी समयमा गोल गर्दै नेदरल्यान्ड्ससँग १-१ को बराबरी खेलेको छ ।
- खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
- इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपले गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काएका हुन् ।
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले इन्जुरी टाइममा नेदरल्यान्ड्स विरुद्ध बराबरी गोल फर्काएको छ ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।
नेदरल्यान्ड्स जितनजिक पुगेको बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ ।
त्यसअघि कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4