News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जले आगामी असार १७ गतेदेखि निकुञ्जभित्र हुने जिप सफारी सेवा बन्द गर्ने निर्णय गरेको छ ।
- वन्यजन्तुको प्रजनन्का लागि उपयुक्त समय भएको र वर्षायाममा बाटो बिग्रने समस्याका कारण सफारी बन्द गर्न लागिएको सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
- निकुञ्ज प्रशासनले असोजको पहिलो हप्तासम्म सफारी सेवा बन्द रहने जनाएको भए तापनि निकुञ्जको मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने सफारी सञ्चालन हुनेछन् ।
१६, असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भोलि असार १७ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
असार १७ गतेदेखि असोजको पहिलो हप्तासम्म जिप सफारी बन्द गर्ने निकुञ्जको तयारी छ । बर्खाको समयमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजतासमेत हुने भएकोले जिप सफारी बन्द गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
निकुञ्जमा जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका क्षेत्रका मध्यवर्ती क्षेत्र तथा सामुदायिक बनहरुमा भने जिप सफारी हुने गर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य राजश्व उठाउने जिप सफारी बन्द हुँदा पर्यटकहरु मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । निकुञ्जले हरेक बर्ष मध्य असारदेखि असोज पहिलो सातासम्म जिप सफारी बन्द गर्दै आएको छ ।
प्रतिक्रिया 4