News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको डलास स्टेडियममा जारी फिफा विश्वकप २०२६ को खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध पुन: अग्रता लिएको छ।
- खेलको ८६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २-१ को अग्रता दिलाएका हुन्।
- यसअघि नर्वेका एन्टोनियो नुसाले गोल गरे पनि आइभरी कोष्टका अमाद डायलोले ७४औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको ८६औं मिनेटमा नर्वेका एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई दोस्रोपटक अग्रता दिलाएका हुन् ।
यसअघि खेलको ३९औं मिनेटमा एन्टोनियो नुसाको गोलमा नर्वेले पहिलोपटक अग्रता लिएको थियो । तर, ७४औं मिनेटमा अमाद डायलोले गोल गर्दै बराबरी गोल फर्काएका थिए ।
प्रतिक्रिया 4