+
फिफा विश्वकप २०२६ :

आइभरी कोस्टलाई हराउँदै नर्वे प्रिक्वार्टरफाइनलमा प्रवेश

२०८३ असार  १७ गते ०:५३ २०८३ असार १७ गते ०:५३

अमेरिकाको डलास स्टेडियममा भएको खेलमा आइभरी कोष्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वेले प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको डलास स्टेडियममा आइभरी कोष्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • नर्वेको जितका लागि एर्लिङ हालान्ड र एन्टोनियो नुसाले गोल गरेका थिए भने आइभरी कोष्टका लागि अमाद डायलोले एक गोल फर्काएका थिए।
  • सन् १९९८ पछि पहिलोपटक प्रिक्वार्टरफाइनलमा स्थान बनाएको नर्वेले अब क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

१७ असार, काठमाडौं । नर्वे तेस्रोपटक फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ ।

अमेरिकाको डलास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वेले प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

नर्वेको जितमा एर्लिङ हालान्ड र एन्टोनियो नुसाले गोल गरे । नुसाले खेलको ३९औं मिनेटमा गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए ।

७४औं मिनेटमा अमाद डियालोले गोल गर्दै आइभरी कोष्टलाई बराबरी गोल फर्काए । ८६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई जितको बाटोमा पुर्‍याए । बल पाेसेसनमा पनि नर्वे अघि रह्याे ।

चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् १९३८ र १९९८ मा नर्वे प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो । सन् १९९४ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।

२८ वर्षपछि विश्वकप खेलेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । समूह चरणमा फ्रान्ससँग पराजित हुँदा सेनेगल र इराकमाथि शानदार जित निकालेको थियो ।

अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग खेल्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय