+
फिफा विश्वकप २०२६ :

एम्बाप्पेको दुई गोलमा फ्रान्सलाई तीन गोलको अग्रता

२०८३ असार  १७ गते ४:२३ २०८३ असार १७ गते ४:२३

न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ७५ मिनेटको खेल सकिँदा फ्रान्सले तीन गोलले अघि छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान किलियन एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध तीन गोलको अग्रता कायम गरेको छ ।
  • खेलको ४५औं मिनेटमा एम्बाप्पेले पहिलो गोल गरेका थिए भने ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।
  • ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि न्यूयोर्क न्यू जर्सी रंगशालामा फ्रान्स तीन गोलले अघि रहेको छ ।

१७ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ७५ मिनेटको खेल सकिँदा फ्रान्सले तीन गोलले अघि छ ।

खेलको ७४औं मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई तीन गोलको अग्रता दिलाएका हुन् । एम्बाप्पेले यसअघि ४५औं मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए ।

योसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवैले समान ६ गाेल गरेका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय