+
+
Shares

डोल्पामा १० रोपनीमा लगाइएको गाँजाका नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते ११:१२

१७ असार, डोल्पा । डोल्पाका विभिन्न क्षेत्रमा लगाइएका गाँजाका बोट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले  गाँजाका बोट नष्ट गरेको हो ।

प्रहरीले असार ११ गतेदेखि १६ गतेसम्म इलाका प्रहरी कार्यालय काइगाउँ, प्रहरी चौकी त्रिपुराकोट तथा अस्थायी प्रहरी पोस्ट हुरिकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब १० रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय काईगाउँ र अस्थायी प्रहरी पोस्ट हुरिकोटबाट खटिएको टोलीले जगदुल्ला गाउँपालिका-०१ अन्तर्गत हुरिकोट क्षेत्रका सार्वजनिक स्थानमा करिब ३ रोपनी क्षेत्रफलमा रहेका गाँजाका बोट नष्ट गरिएको हो ।

त्यस्तै प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले त्रिपुरासुन्दरी नगरपालिका-०१ र ०२ अन्तर्गत त्रिपुराकोट बजार, रल्ली, मदुलगायतका सार्वजनिक स्थानमा करिब ७ रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको छ ।

डोल्पामा प्रहरीले लागुऔषध नियन्त्रण तथा अवैध गाँजा खेती उन्मूलन अभियानलाई निरन्तरता दिँदै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?