+
+
Shares

थप ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बुधबार ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
  • ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ नाम दिइएको एक वर्षे अवधिको यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
  • बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका बेला जारी हुन लागेको यस ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ ।

१७ असार, काठमाडौं । अघिल्लो दिन ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले बुधबार थप ४५ अर्बको ऋणपत्र जारी गर्दैछ ।

आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरेको हो । १ वर्षे अवधिको यो ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ राखिएको छ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

न्यूनतम ब्याजदर कबोल गर्नेलाई प्राथमिकता दिइ लगानीका लागि छनोट हुनेछन् । २०८४ असार १७ गते यसको साँवा भुक्तानी हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका बेला यो ऋणपत्र जारी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?