+
+
Shares

गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको पाँचखालमा गाडीको ठक्करबाट स्कुटर चालक २४ वर्षीया मिनकुमारी श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
  • अरनिको राजमार्गमा गाडीले स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको र गाडी चालक ४३ वर्षीय कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • दुर्घटनामा परी घाइते भएका गाडीमा सवार ६५ वर्षीय गोपाल भुजेलको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

१७ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल-४ मा प्र.३-०२-०१३ प ९५०१ नं. को स्कुटरले बाटो क्रस गर्ने क्रममा काठमाडौंबाट बाह्रबिसे सिन्धुपाल्चोक तर्फ जाँदै गरेको बा ०८-००१ ज ०१५० नं को गाडीले ठक्कर दिँदा स्कुटर चालकलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भई हाल पाँचखाल माइक्रो फाइनान्समा काम गर्ने  २४ वर्षीया मिनकुमारी श्रेष्ठको मृत्यु भएको काभ्रेका प्रहरीका सूचना अधिकारी रविन विस्टले जानकारी दिए ।

विस्टका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाडी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ का ४३ वर्षीय कर्णबहादुर कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

गाडीमा ८ जना सवार मध्ये सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का ६५ वर्षीय गोपाल भुजेल घाइते भएका छन् । उनको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?