News Summary
Generated by OK AI. Editorially reviewed.- नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त विकल्प भएको बताए।
- गौतमले २०१५ सालदेखि कुनै पनि प्रधानमन्त्री र संसदले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेकाले प्रणालीमा परिवर्तन आवश्यक रहेको तर्क गरे।
- सरकारले पूर्वसांसदहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न उनीहरूलाई विकास निर्माण तथा अनुगमनको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।
१७ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् ।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय शासन प्रणालीको औचित्य समाप्त भइसकेको तर्क गरे ।
‘मैले नेपालमा असफल भएको प्रधानमन्त्री प्रणाली भन्छु, अहिलेका प्रधामन्त्री कति सफल हुने हुन् थाहा छैन । तर २०१५ सालदेखि अहिलेसम्म कुनैपनि प्रधानमन्त्री ५ वर्ष प्रधानमन्त्री हुनै सकेन । संसद पनि पाँच वर्ष चल्नै सकेन । यो हटाउनु पर्दैन ?,’ गौतमले थप प्रश्न गर्दै भने, ‘यसको विकल्प के हुन्छ त भन्दा निर्वाचित हुने बित्तकै पाँच वर्ष काम गर्ने हुनुपर्यो । बीचमा हटाउनुपर्ने व्यवस्था हुनुभएन । त्यसो भएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त हुन्छ ।’
सरकारले पूर्वसांसदहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न विकास निर्माण र अनुगमनको जिम्मेवारी दिनुपर्ने समेत उनको भनाइ थियो ।
‘सरकारले यदी पूर्व सांसदहरूलाई सम्मान गर्न चाहन्छ भने कुनै न कुनै क्षेत्रमा निरीक्षण गर्न पठाओस् । कुनै ठाउँको विकास निर्माणका कार्यको जिम्मा नै देओस् । यस्तो परम्परा संसारभरी छ, गर्छन् । एक पटक युरोपको एउटा टिम आएको थियो, जर्मनबाट आएका ती साथिहरू मसँग भेट गर्नुभयो । अनुभव साटासाट भयो । अहिले पनि महिलालाई दिइएको अधिकार प्रयोग भइरहेको छैन,’ उनले भने ।
नेता गौतमले संविधानले महिलालाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिला उम्मेदवारलाई विजयी गराएको विषय सकारात्मक रहेको बताए ।
प्रतिक्रिया 4