+
+
Shares

नेपालका लागि पाकिस्तानी राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार तथा बिदाइ भेटवार्ता गर्नुभएको छ ।
  • राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत हाशिमीलाई बधाई ज्ञापन गर्नुभयो ।
  • राष्ट्रपति पौडेलले आगामी दिनमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

१७ असार, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरूबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

पाकिस्तानी राजदूत हाशिमीको यो बिदाइ भेट पनि हो ।

कार्यकाल सकेर फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सफल पारेकोमा बधाइ दिए ।

साथै, आगामी दिनमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुमधुर हुने विश्वास राष्ट्रपति पौडेलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?