+
+
Shares

रास्वपाले भन्यो : १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता स्वीकृत हुँदैन

सत्तारुढ रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्यता प्रदान नगर्ने स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता नदिने स्पष्ट पारेको छ।
  • राष्ट्रिय मानवअधिकार आयोगको सोधपुछपछि रास्वपाले प्राविधिक त्रुटि सच्याउँदै गलत अभिलेख खारेज गर्ने प्रतिबद्धता जनाएको छ।
  • महामन्त्री विपिनकुमार आचार्यले भने, 'अब १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी आवेदनलाई अगाडि बढ्न नदिने व्यवस्था लागू गरिनेछ।'

१७ असार, काठमाडौं । सत्तारुढ रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्यता प्रदान नगर्ने स्पष्ट पारेको छ ।

हालै सम्पन्न प्रथम महाधिवेशनमा बालबालिकाले पनि पार्टी सदस्यता लिएको विवरण सार्वजनिक गरेको रास्वपालाई राष्ट्रिय मानवअधिकार आयोगले स्पष्टीकरण सोधेको थियो ।

मानवअधिकार आयोगलाई स्पष्टीकरण दिँदै रास्वपाले त्रुटि सच्याउने बताएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले भने, ‘अब १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी आवेदनलाई अगाडि बढ्न नदिने व्यवस्था लागू गरिनेछ।’

त्यस्तै, प्रमाणीकरण सम्पन्न भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरिने उनको भनाइ छ । यस क्रममा प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइएमा तत्काल खारेज गरिने उनले बताए ।

प्रमाणीकरण बाँकी सम्पूर्ण आवेदनको आधिकारिक कागजातका आधारमा परीक्षण गरी शुद्ध र अद्यावधिक तथ्याङ्क छिट्टै सार्वजनिक गरिने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ ।

रास्वपाले संविधान, राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनले तोकेबमोजिम १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मात्र पार्टी सदस्य बनाउने कानुनी व्यवस्था र विधिको शासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?