News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को गोल्डेन बुट दौडमा लियोनल मेसी र किलियन एमबाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा रहेका छन् ।
- फ्रान्सका कप्तान एमबाप्पेले नकआउट चरणमा स्वीडेनविरुद्ध दुई गोल थप्दै हाल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।
- अर्जेन्टिनाका कप्तान मेसीले केप भर्डेविरुद्धको खेलमा गोल संख्या बढाउने अवसर पाएका छन् भने नर्वेका हालान्डले पनि उच्च लयलाई निरन्तरता दिएका छन् ।
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा कुन टिमले जित्ला? कुन टिमको प्रदर्शन राम्रो भइरहेको छ? भन्ने स्वभाविक चासो सँगै सबैधन्दा धेरै गोल कसले गर्ला भन्ने जिज्ञासा पनि उत्तिकै छ ।
विश्वकपमा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बल अवार्ड प्राप्त गर्छन् । अहिले त्यही अवार्डका लागि स्टार खेलाडीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
समूह चरणको समाप्ती र नकआउट चरणका खेलहरु सुरु हुँदै गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड गोल्डेन बुट रेसमा सबैभन्दा अघि छन् ।
बुधबार बिहान एमबाप्पेले दुई र हालान्डले एक गोल गरेपछि अहिले यी तीन खेलाडी यो रेसमा अगाडि छन् ।
फ्रान्सकाले स्वीडेनलाई ३-० ले पराजित गर्दा दुई गोल गरेका एमबाप्पेले मेसी समान ६ गोल पुर्याएका छन् । दुई असिस्ट समेत गरेका एमबाप्पे हाल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन् ।

एमबाप्पेले यस विश्वकपमा तीन खेलमा २-२ गोल गरेका हुन् । सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका एमबाप्पे नर्वे विरुद्ध भने कुनै गोल गर्न सकेनन् । नकआउट चरणमा स्वीडेन विरुद्ध एमबाप्पेले फेरि दुई गोल गरे ।
हालान्डले यस विश्वकपमा ६ गोल गर्दै विश्वकपमा समग्रमा १८ खेलमा १८ गोल गरिसकेका छन् । उनी विश्वकपको सर्वाधिक गोलकर्ता लियोनल मेसी (१९) भन्दा एक गोलले मात्र पछि छन् ।
एमबाप्पे सन् २०२२ मा कतारमा भएको विश्वकपमा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितिसकेका छन् । यस पटक पनि गोल्डेन बुट अवार्ड जितेमा उनी दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन् ।

यस्तै अर्जेन्टिनाका कप्तान मेसीले ६ गोल नै समूह चरणमा गरेका थिए । मेसीले नकआउट चरणको खेल खेल्नै बाँकी छ ।
पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका मेसीले अस्ट्रिया विरुद्ध २ गोल गरेका थिए भने जोर्डन विरुद्ध बेन्चबाट आएर एक गोल गरेका थिए ।
अर्जेन्टिनाले राउण्ड अफ ३२ मा केप भर्डेसँग खेल्नेछ र त्यसमा मेसी सामु गोल बढाउने अवसर हुनेछ ।

यसैगरी पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका गोलमेसिन हालान्डले यस विश्वकपमा पनि क्लभ लेभलमा जस्तै गोल स्कोरिङ लयलाई कायम राखेका छन् । उनले अहिलेसम्म ३ खेल खेल्दा ५ गोल गरिसकेका छन् ।
उनले इराक विरुद्धको पहिलो र सेनेगल विरुद्धको खेलमा २-२ गोल गरेका थिए । एमबाप्पे र मेसीसँगै हालान्ड पनि सुरुवात देखि नै गोल गर्दै आएका छन् । उनले समूह चरणमा फ्रान्स विरुद्ध खेलेलन् । नकआउट चरणको पहिलो खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दा हालान्डले नै निर्णायक गोल गरेका थिए ।
२८ वर्षपछि विश्वकपमा फर्केको नर्वेले समूह चरण पार्दै राउण्ड अफ ३२ मा जित हात पारेको हो । विश्वकपमा नर्वेले नकआउट चरणमा पहिलो खेल जित्दा हालान्ड नै निर्णायक बने ।

यी तीन खेलाडीपछि फ्रान्सकै उसमान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले पनि ४-४ गोल गरिसकेका छन् । डेम्बेले समूह चरणको अन्तिम खेलमा नर्वे विरुद्ध ह्याट्रिक गर्दै ४ गोल पुर्याएका थिए । अर्कोतर्फ भिनिसियसले भने समूह चरणको तीनवटै खेलमा गोल गरेका थिए । पहिलो खेलमा मोरक्को विरुद्ध एक गोलले पछि पर्दा ब्राजिलका लागि बराबरी गोल फर्काएका भिनिसियसले हाइटी विरुद्ध एक गोल गर्दा स्कटल्यान्ड विरुद्ध २ गोल गरेका थिए ।
यस्तै विश्वकप अघि नै गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा हेरिएका इंग्ल्यान्डका कप्तान ह्यारी केनले तीन गोल गरेका छन् । पहिलो खेलमा क्रोएसिया विरुद्ध २ गोल गरेका केनले पानामा विरुद्ध १ गोल गरे । घाना विरुद्ध भने इंग्ल्यान्ड गोलरहित बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया 4