News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोलको अग्रता लिएको छ ।
- खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले चान्सेल म्बेम्बाको असिस्टमा गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन् ।
- पहिलो हाफसम्म इंग्ल्यान्डले गोल गर्ने प्रयास गरे पनि कंगोका गोलकिपर लियोनल म्पासीले ती प्रहार विफल बनाएका छन् ।
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोल अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा डीआर कंगोले एक गोलको अग्रता लिएको हो ।
७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । चान्सेल म्बेम्बाको असिस्टमा ब्रायनले गोल गरेका थिए ।
पहिलो हाफमा पहिलोपटक नकआउट चरणमा पुगेको कंगोविरुद्ध एकपटकको विश्वविजेता इंग्ल्याण्डले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेको छैन ।
इंग्ल्यान्डको प्रहारलाई कंगोका गोलकिपर लियोनल म्पासीले रोक्न सफल भएका छन् ।
प्रतिक्रिया 4