News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गतको राउन्ड अफ ३२ को खेलमा इंग्ल्यान्ड र डीआर कंगो एक-एक गोलको बराबरीमा रोकिएका छन् ।
- खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनले एन्थोनी गोर्डनको पासमा हेडरमार्फत गोल गर्दै टोलीका लागि बराबरी गोल फर्काएका छन् ।
- यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको इंग्ल्यान्डले डीआर कंगोविरुद्ध बराबरी गोल फर्काएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनको गोलमार्फत इंग्ल्यान्डले बराबरी गोल फर्काएको हो ।
एन्थोनी गोर्डनको पासमा केनले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका हुन् ।
त्यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4