+
फिफा विश्वकप २०२६ :

केन चम्किँदा इंग्ल्यान्डले लियो अग्रता

२०८३ असार  १७ गते २३:३७ २०८३ असार १७ गते २३:३७

एटलान्टा स्टेडियममा जारी खेलको ८६औं मिनेटमा इंग्ल्यान्डले खेलमा पहिलोपटक अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा इंग्ल्यान्डले डीआर कंगोविरुद्ध ८६औं मिनेटमा अग्रता लिएको छ।
  • कप्तान ह्यारी केनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउनुभयो।
  • खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गरेपछि कंगोले सुरुवाती अग्रता लिएको थियो।

१७ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत डीआर कंगोविरुद्ध अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको ८६औं मिनेटमा इंग्ल्यान्डले खेलमा पहिलोपटक अग्रता लिएको हो ।

८६औं मिनेटमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनै केनले ७५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काएका थिए ।

त्यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय