+
फिफा विश्वकप २०२६ :

बालोगुनको गोलमा अमेरिकालाई अग्रता

२०८३ असार  १८ गते ६:३६ २०८३ असार १८ गते ६:३६

सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अमेरिकाले अग्रता लिएको हो ।

१८ असार, काठमाडौं । सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा बोस्निया तथा हर्जगोभिनाविरुद्ध अग्रता लिएको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अमेरिकाले अग्रता लिएको हो ।

खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफको खेल सकिँदा अमेरिका एक गोलले अघि छ ।

 

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय