+
+
Shares

सिरहामा गोली चलाएर प्रहरीले समात्यो भारतीय लागूऔषध कारोबारी

सुरेश राय सुरेश राय
२०८३ असार १९ गते १५:४१

१९ असार, सिरहा । सिरहामा प्रहरीले गोली चलाएर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् । उनको खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवराजपुर गाउँपालिका–४ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो । सो क्रममा कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएकालाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनीहरूको साथबाट प्रहरीले प्लास्टिकसहित १२२.८० ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अघि पनि सिरहा प्रहरीले गोली चलाएर दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?