+
+
Shares

किन झ्याप–झ्याप जान्छ बत्ती ? अध्ययन गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १८:०४

२३ असार, काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

उक्त समस्या समाधानका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ । कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । लापरबाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत मन्त्री श्रेष्ठले भने । सोही आधारमा मन्त्रालयले कार्यदल गठन गरेर विद्युत् अवरोध हुनुको कारण, समस्या समाधानका उपायबारे सुझाव दिन भनेको हो ।

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?