+
+
Shares

सत्तापक्षले नै विरोध गरेको कोशीको बजेट पारित गर्न कांग्रेस-एमालेको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १२:०२

२४ असारविराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट पारित गर्न सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन्।

बुधबार प्रदेशसभा बैठकबाट प्रदेशको आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने कार्यसूची छ। प्रदेश सरकारले ल्याएको बजेट मन्त्री र मुख्यमन्त्रीको क्षेत्रमा बढी केन्द्रित गरेको भन्दै सत्तापक्षकै सांसदले विरोध गरेका थिए।

सत्तापक्षका सांसदले बजेट पारित गर्न असहयोग गर्नसक्ने सङ्केत देखेपछि सत्तारूढ दलले ह्वीप जारी गरेका हुन्। दलले जारी गरेको ह्वीप सांसदले उल्लङ्घन गर्न मिल्दैन।

नेकपा एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेतले विधानअनुसार नै ह्वीप जारी गरेको बताए। मुख्यमन्त्री र सभाको निर्वाचनको सन्दर्भमात्यससँग जोडिएको विश्वास र अविश्वासको प्रस्तावमा तथा नीतिकार्यक्रम र बजेटका बारेमा ह्वीप जारी गर्न मिल्ने प्रावधान नै छ,’ उनले भने, ‘यो नौलो कुरा होइनसबैले गर्छन्।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले पनि ह्वीप जारी गरेको पुष्टि गरे। बजेट पारित गर्ने सन्दर्भमा दलको तर्फबाट ह्वीप जारी भएको छ,’ उनले भने।

गत असार १ गते सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। तरसत्तापक्ष एमाले-कांग्रेसकै सांसदहरूले मन्त्रीका जिल्ला र क्षेत्रमा मात्र बजेट थुपारेको भन्दै हस्ताक्षर अभियान नै चलाएर विरोध गरेपछि बजेटमाथिको छलफल निर्धारित कार्यसूचीअनुसार अघि बढेन।

 बजेट संशोधनको माग गर्दै सत्तापक्षकै सांसदहरूले अडान नछाडेपछि असार १११६ र १८ गतेका लागि तय गरिएका प्रदेशसभा बैठकहरू बस्दै नबसी स्थगित भएका थिए।

गत शुक्रबारको बैठक बस्नुअघि सत्तारूढ दलका सांसद र सरकारबीच संसद्मा सरकारले आफ्नो कमजोरी स्वीकार्ने र साउनभित्र बजेटको असन्तुलन मिलाउने‘ सहमति भयो। त्यसपछि मुख्यमन्त्री कार्कीको तर्फबाट मन्त्री लिङ्थेपले संसद्को रोस्ट्रममै उभिएर कमजोरी सच्याउने बताए।

मन्त्री लिङ्थेपले विभिन्न मन्त्रालयहरूको विनियोजनबाट कुल १ अर्ब रुपैयाँ निकाल्ने (सरेन्डर गर्ने) घोषणा गरेका थिए। त्यसपछि छलफलका क्रममा पनि सत्तापक्षका सांसदले बजेटको विरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?