२४ असार, सुनसरी । प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेका छन् ।
उनीहरूलाई गएराति सुनसरीको गढी गाउपालिका–१ मधेलीस्थित झण्डाचोकमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नुर महम्मद ०६४ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जवरजस्ती करणी उद्योग मुद्दा दर्ता भई १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए ।
उनका साथी इमरान खान भन्ने मोहमद अहमद ०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी मुद्दा चलेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूको शरीर खानतलासी गर्दा एकथान चाइनिज पेस्तोल उक्त पेस्तोलमा लाग्ने म्याग्जिन एक थान र ३ राउण्ड गोली बरामद गरेको प्रहरीेले जनाएको छ ।
दुवैलाई दुहवी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।
प्रतिक्रिया 4