News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर–१८ भेडियारीमा प्रहरी छल्न पोखरीमा हाम्फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान फेला परेको छ।
- बुधबार गाँजा बोकेर जाँदै गर्दा प्रहरी देखेपछि यादवले मोटरसाइकल छोडेर पोखरीमा हाम्फालेका थिए।
- प्रहरीले सोही मोटरसाइकलमा सवार भारतीय नागरिक शिवधर यादवलाई छ किलोभन्दा बढी गाँजासहित नियन्त्रणमा लिएको छ।
२६ असार, विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेपछि पाेखरीमा हाम्फालेका युवककाे शव फेला परेकाे छ
बुधबार बिहान विराटनगरकाे सीमावर्ती क्षेत्र भेडियारीमा गाँजा तस्करकाे समूहलाई पक्राउ गर्न गएकाे प्रहरीलाई देखेपछि स्थानीय १७ वर्षीय मञ्जितकुमार यादवले पाेखरीमा हाम्फालेका थिए । माेटरसाइकल छाडेर पाेखरीमा हाम्फालेका युवककाे शुक्रबार बिहान शव फेला परेकाे मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनीसँगै भारतीय नम्बर प्लेटकाे बीआर ५० एएल ३६८७को मोटरसाइकलमा सवार रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएकाे छ । उनकाे साथबाट प्रहरीले ६ किलो १२० ग्राम गाँजा बरामद गरेकाे छ ।
मोरङ प्रहरीका डीएसपी श्रेष्ठका अनुसार युवक बेपत्ता भएपछि नेपाल प्रहरी र सशसत्र प्रहरीकाे गाेताखाेरसहितकाे टाेलीले पाेखरीमा खाेजी गरेकाे थियाे । खाेजीकै क्रममा शुक्रबार बिहान पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा शव भेटिएकाे हाे ।
मञ्जितकाे शव भेटिएपछि स्थानीयले प्रहरीका कारण मृत्यु भएकाे भन्दै प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया 4