News Summary
Generated by OK AI. Editorially reviewed.- सफ्टवेयर इन्जिनियर तथा स्ट्यान्डअप कमेडियन आयुष श्रेष्ठले नेपाली समाजमा आत्मविश्वासको कमी रहेको बताए ।
- श्रेष्ठले सामाजिक सञ्जालले समाजमा गलत सूचना फैलाएको र मानिसहरूलाई ध्रुवीकरण गरिरहेको उल्लेख गरे ।
आयुष श्रेष्ठ स्ट्यान्डअप कमेडियन हुन् । उनलाई गफ हान्न खुब रमाइलो लाग्छ । पेसाले भने उनी सफ्टवेयर इन्जिनियर हुन् । नेपालीहरूको इन्टरनेट कन्ज्युम गर्ने कन्टेन्टमा उनको पनि धेरथोक योगदान छ ।
यसपटक उनैसँग अनलाइनखबरले दिलै खोलेर कुरा गरेको छ ।
१.हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
आजकल समाचारले खुसी भन्दा नि बढी टेन्सन दिइरहेको हुन्छ । हुन त म यसै खुसी मान्छे हो । यत्तिकै विथ आउट रिजन खुसी भइरहेको हुन्छु । समाचार पढेर तनाव चाहिँबढी हुन्छ । त्यसैले खुसी हुनका लागि म समाचार नपढ्ने गर्छु ।
दिक्क बनाएको कुरा ?
सोसल मिडिया खोल्छु अनि ब्रान्डहरूले, बिजनेसहरूले एआई प्रयोग गरेर मार्केटिङ फोटो र भिडियोहरू बनाइरहेको देख्छु । त्यो चाहिँअलि दिक्कै लाग्छ ।
जस्तो; रिसेन्टली इम्पायर स्टेट बिल्डिङ चढेको झण्डामा सबै जनाले आआफ्नो लोगो राखेर मार्केटिङ गरेका थिए । मान्छेले त्यत्रो मेहेनत गरेर बिल्डिङ चढिराछन्; तिमी अलिकति पनि मेहेनत गर्दैनौ भन्ने लागेको थियो ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
आजकल त एआई नै हो । अब म सफ्टवेयरमा काम गर्ने भएको भएर एआईमा के भइरा’छ? कसो भइराछ? त्यसको युज कसरी हुन्छ होला त संसारमा? यस्तो कुरा म धेरै नै सोचिरा हुन्छु ।

व्यक्तिको कुरामा चाहिँ मलाई अहिले पिट होम्स भन्ने कमेडियन एकदमै इन्ट्रेस्टिङ लागिरहेको छ । उसको कन्टेन्टहरू म हेरिरहेको हुन्छु । उसको सोच्ने तरिका एकदम रमाइलो लागिरहेको छ ।
नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सबभन्दा राम्रो कुरा भनेको नेपाली समाज एकदमै ‘चिल’ छ । जुन बेला पनि ‘चिल’ भएर बसिरहेको हुन्छ । अरू ठाउँहरूमा जुन कुराले तनाव दिन्छ मान्छेहरूलाई, त्यो तनाव नेपालीहरूले लिँदैन । नराम्रो पक्ष चै अझै पनि हामीमा ‘कन्फिडेन्स’ छैन । अलिकति इन्डिभिजुअलिजम, अलिकति एजेन्सी कम छ जस्तो लाग्छ ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
पत्रकारिता अहिले आइडेन्टिटी क्राइसिसमा छ । किनकि जुन फङ्सन, जुन भ्यालु पत्रकारिताले कभर गरिराथ्यो समाजमा, त्यहीँ कुरा कभर गर्नलाई १७-१८ वटा कुराहरू निस्किसकेको छ । त्यसलाई सामाजिक सञ्जाल अथवा स्ट्रिमिङ जे भनौं, यावत कुरा निस्किरहेको छ ।
त्यही भएर पत्रकारिता आइडेन्टिटी क्राइसिसमा छ जस्तो देखिन्छ । तर यो राम्रै कुरा पनि हो जस्तो लाग्छ । अलिकति एभोलुसन हुने समय नै हो ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
त्यस्तो खासै रिग्रेट गर्ने मान्छे हैन म । अब गरेँ त सक्किगयो भन्ने खालको छु । ठिकै छ बालै भएन भन्ने खालको छु । त्यही भएर बिगारेको कुराहरू धेरै भए पनि गएर फेरि सुधारौं भन्ने छैन ।
३.बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
सानोमा सबैभन्दा धेरै फुटबल खेलियो । म लेफ्ट ब्याक खेल्थेँ ।
साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?
त्यस्तो निकनेम चाहिँ मेरो खासै थिएन । सो द्याट्स इन्ट्रेस्टिङ! किनकि आयुषलाई कसरी छोट्याउने? आयुष अलरेडी छोटो छ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
अनलाइनमा त धेरै पर्यो । तर सामान्य रूपमा सोच्ने जस्तो झगडा भने परेन । अब एक दुई चोटी साथीहरूसँग झगडा पर्नु त्यो नर्मल नै कुरा हो । त्यस्तो सम्झिने गरेर त कसैसँग पनि झगडा परेको छैन ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
सलमा हायेक ।
४.सिनेमा
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलो चोटी हलमा गएर फिल्म हेरेको भनेको चाहिँ बोर्डर हो । त्यो बेला म सानै थिएँ । त्यो फिल्म हेर्दा सबै कुरा लार्जर देन लाइफ फिल भएको थियो ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
मलाई अलिकति ओभर द टप, अलिकति ड्रामा । यस्तै यस्तै । मलाई रियलिस्टिक फिल्महरू खासै मन पर्दैन । रियल लाइफमा नदेखिने कुराहरू फिल्ममा देखाउ जस्तो लाग्छ । ड्रामामा पनि, कमेडीमा पनिर । फिल्ममा त्यस्तो कुरा देखाउ, जुन म जेनेरल्ली देख्दिनँ । मलाई चाहिँ यस्तो मन पर्छ ।
साह्रै मन परेका फिल्म ?
मलाई स्कट पिलग्रिम भर्सस द वर्ल्ड, इटरनल सनशाइन अफ द स्पटलेस माइन्ड अनि हालसालै हेरेको चाहिँ अब्सेसन
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
लास्ट इयरको ओपनहाइमर र बार्की दुइटै नै मलाई चाहिँओभर रेटेड लाग्यो । इट्स अ गुड वेल मेड फिल्म तर त्यस्तो हाइप टप जस्तो चाहिँ थिएन ।
हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
म त ट्रेलर हेरेरै छान्छु । आई जज अ बुक बाइ इट्स कभर । सो, मलाई ट्रेलरले इन्ट्रेस्ट जगायो भने गएर फिल्म हेर्दिन्छु ।
नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
आशावादी मोर होपफुल खालको भनौं । ट्राजेडी भन्दा पनि लास्टमा हिरोले जित्ने खालको भनौं । तर आजकल धेरै फिल्महरूमा लास्टमा हिरोले जित्दैन । सो, मलाई चाहिँअलिकति होपफुल अनि अलिकति ओभर द टप खालको बनुन् जस्तो लाग्छ ।
सत्यता नदेखाउ फिल्ममा जस्तो लाग्छ । धेरै हेरियो सत्य । सत्य त म बाहिर निस्केर हेर्छु नि । फिल्ममा अलिकति धेरै कुरा हेरौं न जस्तो लाग्छ।

५.पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ?
पढ्छु तर धेरै पढ्ने म बुक वर्म चाहिँहोइन। पढे भने पनि म ननफिक्सन धेरै पढ्छु । मलाई एन्थ्रोपोलोजी र साइन्समा बढी इन्ट्रेस्ट छ । सो फिक्सन चाहिँ एकदमै कम पढ्छु ।
मन परेका कुनै पुस्तक ?
मलाई सबैभन्दा मन पर्ने विधा (फेभरेट विधा) काल्पनिक कथा (फिक्सन) नै हो। त्यसमा पनि डगलस एडम्सको द हिचहाइकरस् गाइड टु द ग्यालेक्सी हो। आई लाइक इट बिकज यो धेरै फन्नी छ ।
तपाईंका प्रिय लेखकहरु ?
त्यस्तो लेखक मनै पर्ने भन्ने चाहिँ हैन, अब यो हिचाइकर्सको डगलस एडम्स धेरै राम्रो लाग्छ । खासमा मलाई चाहिँ किताबका भन्दा पनि फिल्म राइटरहरू एकदमै मन पर्छ । टिना फे मनपर्छ । उनी कमेडियन र कमेडी फिल्म लेख्छन् ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
अ लेजेन्डरी स्ट्यान्डअप कमेडियन नर्म म्याकडोनाल्ड । तर, नर्मले चाहिँ मलाई मन पराउँदैन जस्तो लाग्छ ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
ननफेक्सनमा चाहिँआई थिङ्क इतिहास र एन्थ्रोपोलोजी सम्बन्धीका धेरै किताबहरू लेखिनु पर्छ जस्तो लाग्छ । फिक्सन साइडमा चाहिँ आशावादी किताबहरू
६.घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
खासै मन लाग्दैन । आई एम नट अ ट्राभलर। मलाई चाहिँएकै ठाउँमा बसेर चिया खादै कफी खादै बात मार्न मन लाग्छ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
सबभन्दा धेरै गएको ठाउँ घर, जान मन लागेको ठाउँ ससुराली । हाहा..
सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?
म जिन्दगीमा एकचोटी मात्रै देश बाहिर भेकेसनमा गएको छु, थाईल्याण्ड । थाईल्याण्डको पनि फुकेट ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
सुन्छु। म चाहिँम्युजिक भन्दा पनि म लिरिक्स धेरै सुन्ने मान्छे हो । सो मलाई सङ राइटरहरू एकदम मन पर्छ। अहिलेको मेरो फेभरेट आर्टिस्ट भनेको केन्द्रिक लमार र एमिनेम हुन् । किनकि म हिप हप र र्याप धेरै सुन्छु । यता पप साइडमा मलाई टेलर स्विफ्टको राइटिङ एकदम मनपर्छ । नेपाली आर्टिस्टहरूमा बर्तिका एम राई ।
आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
आजभोलि चाहिँम अलिकति क्लासिक बिटल्स सुनिराछु । बिटल्सको पुरै एल्बम डाउनलोड गरेर सुनिरहेको छु ।
के कुराको विशेष सोख छ ?
अलिकति नर्ड पाराको मान्छे भएको भएर मलाई टोइजहरू, एक्सन फिगरहरू कलेक्ट गर्न एकदमै रमाइलो लाग्छ ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
खाना त एकदमै खान्छु म । म लास्टै खाने मान्छे हो । पकाउन चाहिँ पकाउदिनँ धेरै । खानामा म बिरयानीको सौखिन छु । अरू बेलामा चाहिँ मलाई स्याण्डविच एकदमै मन पर्छ ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
मेरो सबभन्दा ठुलो टर्चरको विषय नै किनमेल हो । केही कुरा किन्नु पर्यो भने म यति धेरै सर्च गर्छु, यति धेरै एनालाइज गर्छु; प्यारालाइसिसमै जान्छु। सो, केही कुरा किन्नु पर्ने छ भने म सबभन्दा तनावग्रस्त हुन्छु होला ।
के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
मलाई लुगा किन्नु पर्यो भने मात्रै हो । किनकि कस्तो देखिन्छ भनेर हेर्नु पर्ने हुन्छ । बाँकी सब म अनलाइन गर्छु।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
धेरै जसो अरूले किनिदिन्छ । अनि त्यही भएर मेरो पर्सनल स्टाइल भन्ने कुरा छैन । मलाई देखेर थाहा हुन्छ । यसलाई यसले स्टाइल गर्दैन आफुलाई भनेर।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
लास्ट इयर मैले गाडी किनेँ । आफ्नो लागि त्यहीँ नै हो।
७.राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
मलाई त बागमती जस्तो लाग्छ । चेन्ज भइराछ भनिन्छ; तर जस्ताको त्यस्तै देख्छु । फेरि चेन्ज भएको छैन भनौं भइपनि रहेको छ । तर, बागमती जस्तै गन्हाएको गन्हायै छ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
सिभिक इन्गेजमेन्ट एक्टिभली पार्टिसिपेट गर्नको लागि प्लेटफर्म र प्रोसेस खासै मिलेको देखिदैन ।
नेताहरुको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
मलाई त नेताहरू सुध्रिन्छन् जस्तो नै लाग्दैन । अब नेता भनेकै नार्सिसिस्ट हुन्छन्, नार्सिसिस्टहरू नै नेता हुन्छन । यसैले मलाई नेताको भन्दा जनताहरूको बानी सुधार्नु मन छ । भगवानीकरण गर्ने बानी ।
मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
त्यस्तो कोही पनि छैन अहिलेसम्म । किनकि जे कुराले नेतालाई राम्रो बनाउँछ, त्यहीँ कुराले नेतालाई नराम्रो बनाउँछ । यो चुज गर्न नि मिल्ने कुरा हैन । त्यही भएर मलाई नेता खासै मनपर्छ जस्तो लाग्दैन ।

मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
थाहा छैन मैले के पो गर्थेँ । जुन दिन म प्रधानमन्त्री हुन्छु, सायद त्यही बेला थाहा हुन्छ होला ।
८.सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आईफोन १३ ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
१० घण्टा बेसी नै हुन्छ । सायद इन्स्टाग्राम नै बढी चलाउछु होला ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
त्यसलाई बानी नभनौं । कुलत भनौं । त्यो छ ममा ।
सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सञ्जालको नराम्रो पक्ष भनेको मिस इन्फर्मेसन, डिसिन्फर्मेसन नै हो । यसले मान्छेहरूलाई एक्सट्रिमली ध्रुवीकरण गरिरहेको छ । मान्छेहरूबीच झगडा गराइरहेको छ । ओभर्ली सेक्सुलाइजेसन भइरहेको छ । मान्छेहरूले कसरी बोल्ने एकअर्कासँग भन्ने कुरा पनि बिर्सिरहेका छन् । समाजलाई ध्वस्त नै बनाइरहेको छ । राम्रो कुरा चाहिँमिम्स हो ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
प्रभाव पार्दैन भनौँ कि साच्ची भनौं !
एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ ?
सफ्टवेयर डेभलपर भएको कारणले मैले सबभन्दा धेरै चाहिँ कर्सर चलाइराको छु । अहिले मेरो एआई बिल डेन्जर नै छ ।
सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचनाबढी फैलाउने काम गरेको छ ?
इक्वली दुईटै काम भइरहेको छ । तर, दु:खद् पक्ष नोटिस चाहिँ नराम्रो कुराहरूको धेरै भइरहेको छ।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
यसलाई चाहिँ विस्थापनभन्दा पनि एभोलुसन भन्छु । न्युजपेपर आउँदा पनि कुनै चिज विस्थापित हुन्छ पक्कै भनियो । टिभी आउँदा रेडियो । अहिले सोसल मिडिया छ । यसले डिसरप्ट गर्छ । धेरै नै चेन्ज गराइदिन्छ । तर, विस्थापित चाहिँगर्दैन । इभोल्भ पक्कै गराउँछ ।
९.रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
चितवनमा घाममा आँ.. गरेर बस्ने गोही/घोडियाल बन्न छ । त्यसको लाइफ चिल छ जस्तो लाग्छ ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
म एकदम एक्सट्रोभर्ट मान्छे हो । मेरो ब्याट्री रिचार्ज गर्नुपर्यो भने मलाई मान्छेसँग बसेर घण्टौंसम्म गफ हान्नुपर्छ । तनाव भयो भने म साथीलाई फोन गर्छु । अनि चिया खान भेट्छु । र्यान्डम गफ गर्छु । अनि म इनर्जाइज भएर निस्किन्छु ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मनपर्छ ?
सेकुवाको ।
अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
चुप लाग् । बढी नबोल् ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
आफ्नो बाउण्ड्री सेट गर्नु ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं।
प्रतिक्रिया 4