+
+
Shares

तेह्रथुममा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको आठराई गाउँपालिका-६ मा ५१ वर्षीया रूपा लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
  • बुधबार बिहान १०:४० बजे घरायसी विवादका क्रममा रूपाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • हत्यामा संलग्न ३८ वर्षीय कृष्णबहादुर लिम्बू फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेका छन् ।

६ साउन, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो ।

बुधबार बिहान १०:४० बजेको समयमा उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार धारिलो हतियार प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यामा संलग्न आरोपित ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार रहेका छन् । उनको खोजीका लागि घटनास्थल र वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालय आठराई  र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी परिचालन गरीएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?