+
+
Shares

विराटनगरमा सद्‌भाव र्‍याली निकालिने

विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १८:३२

१४ साउन, काठमाडौं । विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा उपस्थित सहभागिहरुले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा निकायहरुलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सो सवदलिय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रवार सद्भाव र्‍याली आयोजना गरिने र त्यसमा सबैको सहभागिता रहने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।

सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरु, धार्मिक संघ संगठनका प्रतिनिधिहरु र उद्योगी व्यवसायी र युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिद र अन्य ठाँउमा राखिएका माइक, लाउडस्पिकर बाहिर बजाउन निषेध गरिएको स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?