+

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

२०८३ साउन  १५ गते १८:५१ २०८३ साउन १५ गते १८:५१
ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

१५ साउन, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२, उदिउना निवासी २४ वर्षीया सौरी बुढाले ओडारमै छोरालाई जन्म दिएकी छन्।

शुक्रबार बिहान करिब ४ बजे सुत्केरी व्यथा लागेपछि परिवारका सदस्यले उनलाई फयालगाउँ आधारभूत स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए । करिब एक घण्टाको पैदल यात्रापछि मतियान भन्ने स्थानमा पुगेका बेला व्यथाले च्यापेपछि उनलाई बाटो नजिकैको ओडारमा लगिएको थियो ।

सोही ओडारमा उनले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएको फयालगाउँ आधारभूत स्वास्थ्य संस्थामा कार्यरत अनमी नमुना खत्रीले जानकारी दिइन् ।

बाटोमै अवस्था जटिल बनेपछि उनका श्रीमान् हिरा बुढा स्वास्थ्य संस्थामा पुगेर अनमी खत्रीलाई खबर गरेका थिए । खबर पाएको करिब एक घण्टापछि अनमी खत्री र हिरा बुढा स्टेचर बोकेर घटनास्थल पुगेका थिए ।

अनमी खत्रीका अनुसार उनी पुग्दा शिशुको जन्म भइसकेको थियो, तर सालनाल निस्किएको थिएन । त्यसपछि उनले सालनालको व्यवस्थापनसहित आवश्यक सुत्केरी सेवा प्रदान गरिन् । ‘म पुग्नुभन्दा केही समयअघि बच्चाको जन्म भइसकेको रहेछ’ उनले भनिन्, ‘सालनाल निस्किएको थिएन । त्यसको व्यवस्थापन गरेर आमा र शिशु दुवैलाई सुरक्षित राख्न सफल भयौं ।’

हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अवस्था स्थिर भएपछि सुत्केरी आमालाई स्ट्रेचरमार्फत घर पुर्‍याइएको उनले बताइन् । घरमै पुगेर सलाइनसमेत चढाइदिएको र त्यसपछि फर्किएको खत्रीले जानकारी दिइन् ।

अनमी खत्रीका अनुसार सुत्केरी भएको स्थान स्वास्थ्य संस्था भन्दा घरबाट अलि नजिक थियो । फेरि स्वास्थ्य संस्था ल्याउन र त्यहाँबाट घर लैजान कठिन हुने भएकाले घरमै लगेर राखिएको हो । अहिले पनि आमा र बच्चा नियमित निगरानीमा रहेको उनले जानकारी दिइन् ।

केही दिनअघि मात्र सोही गाउँपालिका १ बस्ने रुढी बस्ने रुगिन्दा धामिले पनि स्वास्थ्यकर्मीको सहयोगमा बाटोमै बच्चा जन्माएकि थिइन् । त्यस्तै गौमुल गाउँपालिका–५, कोटमा पनि एक महिलाले बाटोमै शिशु जन्माएकी थिइन् ।

वर्षायाममा सडक र यातायातको कठिनाइका कारण यस्ता घटना बढ्ने गरेका छन् । दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्था टाढा हुनु तथा समयमै उपचार नपुग्ने समस्याका कारण बाजुरा जस्ता जिल्लामा अझै पनि धेरै महिलाले घर, बाटो वा जंगलमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको छ ।

अनमी नमुना खत्री पालिकाको करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी आफूले स्वास्थ्य सेवालाई केवल जागिर नभई सेवाभावका रूपमा लिएको बताउँछिन् । उनी २०७१ सालदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् र स्वास्थ्य संस्थामा २४ घण्टा सेवा दिँदै आएकी छन् ।

मातृ शिशु सुत्केरी
लेखक
प्रकाश सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?