News Summary
Generated by OK AI. Editorially reviewed.- सुनिल थापा, कार्म, मेनुका प्रधान र परीक्षा लिम्बु अभिनित फिल्म हिमालयन गोल्डको टिजर क्यूएफएक्स चेनका हलहरूमा रिलिज गरिएको छ।
- हिमाली क्षेत्रको यार्सागुम्बा सङ्कलनका क्रममा हुने सङ्घर्ष र विश्वासघातको कथामा आधारित उक्त फिल्मको निर्देशन धीरज राजवंशीले गरेका छन्।
- छायाँलय फिल्म्सले निर्माण गरेको उक्त फिल्मलाई सुरुमा विभिन्न फेस्टिभलमा प्रदर्शन गर्ने र त्यसपछि मात्र हलमा ल्याउने तयारी भइरहेको छ।
काठमाडौं । सुनिल थापा, कार्म, मेनुका प्रधान, परीक्षा लिम्बु स्टारर फिल्म ‘हिमालयन गोल्ड’को टिजर हलहरूमा रिलिज भएको छ । ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’को अवसर पारेर टिजरलाई क्यूएफएक्स चेनका हलमा रिलिज गरिएको हो । युट्युबमा भने टिजर दुई सातापछि मात्र आउने जानकारी अभिनेता कार्मले दिए ।
यो फिल्मको कथासार छ- ‘दुर्लभ हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न निस्किएकी एक ग्रामीण युवतीको यात्रा पहाडमा लुटेराहरूको निर्दयी गिरोहसँग जम्काभेट भएपछि बाँच्नका लागि गरिने भयावह सङ्घर्षमा परिणत हुन्छ ।’
फिल्मको बटमलाइन राखिएको छ, ‘ सबैभन्दा बहुमूल्य खजाना नै सबैभन्दा गहिरो विश्वासघात हो ।’ यो फिल्मको निर्देशन धीरज राजवंशीले गरेका हुन् । दीपेन्द्र गौचनसँग मिलेर राजवंशीले पटकथा लेखेका हुन् ।
फिल्मको शीर्ष भूमिका सोनमको भूमिकामा परीक्षा छिन् भने मेनुकाले उनकी आमाको रोल गरेकी छन् ।
फिल्मबारे आधिकारिक वेबसाइटमा भनिएको छ, ‘ हिमालयको मनमोहक तर निर्दयी पृष्ठभूमिमा आधारित ‘हिमालयन गोल्ड’ले शोकमा डुबेकी पीडित कसरी साहसी व्यक्तिमा रुपान्तरण हुन्छिन् भन्ने कथा पेश गर्छ । मानवीय संवेदना र सासै रोक्लाजस्तो हुने तनावको सम्मिश्रण रहेको यो फिल्मले दृश्य र विषयवस्तु दुवै दृष्टिले समृद्ध भावनात्मक उतारचढाव प्रस्तुत गर्छ ।’
छायाँलय फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति भने अझै तय भैसकेको छैन । सुरुमा फिल्मलाई फेस्टिभलमा प्रदर्शन गर्ने र त्यसपछि हलमा ल्याउने बारे विचार भैरहेको जानकारी अभिनेता कार्मले दिए ।
प्रतिक्रिया 4