News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत पठाइदिने प्रलोभनमा सात लाख रुपैयाँ ठगी गरेको आरोपमा धनुषाका रिजवान शेषलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
- पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ परेका शेषलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न निज शेषमाथि थप कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
२० साउन, काठमाडौँ । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो ।
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4