+
+
Shares

विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा दिँदै आयोग

निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

रासस रासस
२०८३ साउन २० गते १९:२२

२० साउन, काठमाडौं । निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्रले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

यसैक्रममा बुधबार काठमाडौंको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थीमाझ निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा विद्यार्थीलाई नेपालको निर्वाचन प्रणाली, मतदाता शिक्षा, आयोगको भूमिका, स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको महत्त्व र नागरिकको लोकतान्त्रिक दायित्वका विषयमा अभिमुखीकरण दिइएको आयोगले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

यसअघि मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रममा सहभागी गराइएको थियो ।

उनीहरूलाई निर्वाचनसम्बन्धी आधारभूत अवधारणा, मतदान प्रक्रिया तथा लोकतान्त्रिक संस्कृतिको विकासमा युवाको भूमिकाबारे अभिमुखीकरण दिइएको थियो ।

आयोगले हालै ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलका विद्यार्थीलाई विद्यालयमै पुगेर शिक्षा कार्यक्रम सञ्चालन गरी निर्वाचनसम्बन्धी विविध विषयमा अभिमुखीकरण दिएको थियो ।

चालु आर्थिक वर्षको यो नयाँ अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा प्रदेश निर्वाचन कार्यालयमा पनि विस्तार गरिने र सेवा वडापत्र पठाइने जनाइएको छ ।

हाल आयोगसहित विराटनगर, पोखरा, धनगढी र सुर्खेतका सूचना केन्द्रमार्फत यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?