+
+
Shares

इजरायल अमेरिकाको राम्रो साझेदार : जेडी भान्स

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताउनुभएको छ।
  • भान्सले इरानसँगको सङ्घर्षको परिणाम अन्ततः अमेरिकी जनताको हितमा हुने दाबी गर्नुभएको छ।
  • इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफ आगामी दिनमा पाकिस्तानको भ्रमणमा जानसक्ने चर्चा चलेको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो।

जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ एउटा पक्ष वार्ताको पक्षमा रहेको दाबी गरेका छन्।

उनले अर्को कट्टरपन्थी गुट भने युद्धलाई जारी राख्न चाहने बताएका छन्।

भान्सले भनेका छन्, ‘इरानसँगको टकराव र सङ्घर्षको प्रक्रियामा उतारचढाव आइरहन्छन्, तर यसको परिणाम अमेरिकी जनताको हितमा हुनेछ।’

यसैबीच, केही रिपोर्टहरूमा इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफ आगामी दिनमा पाकिस्तानको भ्रमणमा जानसक्ने दाबी गरिएको छ।

यद्यपि, इरानको तर्फबाट यी खबरहरूमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?