+

मदन भण्डारी कप भलिबल प्रतियोगिता असोजमा, विजेताले ७ लाख पाउने

२०८३ साउन  २१ गते १५:२२ २०८३ साउन २१ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन भण्डारी स्पोर्ट्स एकेडेमीले असोज १२ देखि १७ गतेसम्म रुपन्देहीमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • अध्यक्ष ध्रुव आचार्यले भने, 'विदेशीसहित ८ टोलीलाई सहभागिता गराउने हाम्रो योजना छ ।'
  • प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुनेले १ लाख ७५ हजार र सान्त्वनाले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

२१ साउन, काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आउँदो असोज १२ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विदेशी टोलीको पनि सहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘प्रतियोगितामा सहभागिताका लागि विदेशी टोलीलाई पनि पत्राचार गरेका छौं । विदेशीसहित ८ टोलीलाई सहभागिता गराउने हाम्रो योजना छ,’ उनले भने ।

प्रतियोगिताको विजेता हुने टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही ८ हजार र सर्वाेत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । खेल एफआईभीबीको नियमअनुसार खेलाइने छ । प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

मदन भण्डारी कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय