२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति चयनका लागि भएको मतदान प्रक्रिया अझैं सकिएको छैन । दोस्रो पटक थप गरिएको समय नाघेर अढाई घण्टा बित्दा पनि मतदान जारी छ ।
आज बिहानैदेखि सुरु भएको मतदान प्रक्रिया पहिला दिउँसो ३ बजेलाई तोकिएको थियो । पछि २ घण्टा थपेर दिउँसो ५ बजेसम्मका लागि तय गरिएको थियो ।
५ बजेसम्म पनि नसकिएपछि राति ७ बजेसम्मको समय थपिएको थियो । तर, ७ बजेपनि सकिएन ।
त्यसपछि निर्वाचन समितिले लाइनमा लागेका प्रतिनिधिलाई मतदान गर्न दिने भनेर समय अद्यावधिकको सूचना जारी गरेको थिएन ।
यद्यपि, अहिले रातिको साढे ९ बज्दा पनि मतदान अझैं सकिएको छैन ।
मतदान अहिलेसम्म नसकिँदा आजै राति गर्ने भनेको सभापति पदको मतगणना अन्योल भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेकाले मतगणनाबारे अन्योलता रहेको स्वीकार गरे ।
‘सभापतिको मतगणना राति नै गर्ने भन्ने छ,’ उनले भने, ‘तर मतदान नै जारी रहेकाले त्यसपछिका प्रक्रिया पूरा गरेर कतिबेला हुन्छ, यसै भन्न सकिन्न ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4