News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चुमनुब्री गाउँपालिका–६ को उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन भएका छन् ।
- बाढीले उङगिलुङ खोला किनारका चार गोठ र त्यहाँ बाँधिएका १५ याक तथा नाक बगाएको राससले जनाएको छ ।
- बाढीले धार्चे जोड्ने माछीखोला पुल, सोती–मान्बु पुल र माछीखोला बजारमा पनि क्षति पुर्याएको छ ।
२५ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन भएका छन् ।
उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्क विहीन भएका राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । माछीखोला बजारमा पनि क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4