+
+
Shares

बाढी प्रभावितलाई सुरक्षित पुनर्स्थापना गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बूढीगण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १९:१५

२५ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बूढीगण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै अध्यक्ष दाहालले गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक आएको बाढीबाट भएको भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरे ।

जसमा उनले लेखेका छन्, ‘बाढीबाट बेपत्ताहरूको खोजी, प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकारलगायत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछु ।’

जोखिममा रहेका नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक राहत सामग्री र सेवा सहज रूपमा पुर्‍याउन सरकारले विशेष पहल गर्ने विश्वास लिएको पनि बताएका छन् ।

बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेका छन् ।

विपद्‍को घडीमा बाढी प्रभावित नागरिकप्रति राष्ट्रिय सभा र आफ्नो तर्फबाट सहानुभूति व्यक्त गर्दै उनले विपद्को सामना गर्न सबै पक्षबीच आवश्यक समन्वय र सहकार्यका लागि अपिल गरेका छन् ।

गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुंगे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ ।

चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?