+
+

नेपालीहरूले अब चिनियाँ मुद्रामा बैंक खाता खोल्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते १९:२२

Yuan-renminbi-notes---Chi-001
१४ पुस काठमाडौं । नेपालीहरुले अब चिनियाँ मुद्रामा बैंक खाता खोल्न पाउने भएका छन । यसअघि डलरमा मात्रै खाता खोल्न पाइन्थ्यो ।
नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै चिनियाँ मुद्रा युआनमा खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको परिपत्र अनुसार नेपालका जुनसुकै वाणिज्य बैंहरुले चीनका जुनसुकै वाणिज्य बैंकमा चिनियाँ मुद्रामा खाता खोल्न सक्नेछन ।

त्यसैगरी, बैंकहरुले कारोबारका लागि आवश्यक पर्ने परिवतर्य विदेशी मुद्रा बिक्री गरी चिनियाँ मुद्रमा खाता खोल्न सक्नेछन र खरिद गरिएको युआन चीनका बाणिज्य बैंकमा खाता खोलेर जम्मा गर्न सक्नेछन ।

त्यस्तै, अन्तराष्ट्रिय व्यापारका भुक्तानीसम्बन्धी प्रचलनहरु तथा राष्ट्र बैंकद्धारा जारी परिपत्रहरुको अधिनमा रही नेपालका बैंकहरुले नेपाली व्यापारिक र्फमहरु तथा चिनियाँ व्यापारिक र्फमहरुबीचको व्यापारको लागि एलसी (लेटर अफ क्रेडिट अर्थात उधारो पत्र) ड्राफ्ट, टिटि (ट्रेड ट्रान्जेक्सन)लगायतका माध्यमबाट हुने भुक्तानी र हिसाब मिलान पनि चिनियाँ मुद्रामै गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाली निर्यातकर्ताले चिनियाँ बजारमा गर्ने वस्तु निर्यात, सेवा बिक्री तथा उद्योगले चीनबाट प्राप्त गर्ने ऋण वा प्रत्यक्ष बैदेशिक लगानीबापत प्राप्त रकम बैंकमार्फत युआनमै भित्र्याउन सक्नेछन ।

त्यसैगरी, नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलगायत अन्य व्यक्तिले नेपाली बैंकहरुबाट प्रचलित बिनिमय दरमा चिनियाँ मुद्रा खरिद गर्न सक्नेछन ।

यही पुस ८ गते राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा र चीनको केन्दि्रय बैंक पिपुल्स बैंक अफ चाइनाका गभर्नरबीच द्धिपक्षीय भुक्तानी सम्झौतामा हस्ताक्षर भएको थियो ।

शोधनान्तर स्थितिमा सुधारको अपेक्षा

चीनसँग भएको उक्त सम्झौताले नेपाल र चीनबीचको बढ्दो शोधनान्तर घाटा कम गर्ने राष्ट्र बैंकका विदेशी मुद्रा विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले अनलाईनखबरलाई बताए ।

अहिले चीनसँग नेपालको ६० अर्बभन्दा बढी शोधनान्तर घाटा छ । ‘यो सम्झौतासँगै चीनबाट आउने प्रत्यक्ष वैदेशिक लगानी बढ्ने अपेक्षा गरेका छौं’ ढुंगानाले भने- जसले शोधनान्तर स्थितिमा सुधार ल्याउने छ ।

चीनसँग द्धिपक्षी भुक्तानी सम्झौता नभएका कारण यसअघि व्यापारा तथा लगानी गर्दा युआनलाई डलरमा रुपान्तरण गरेर डलरमार्फत भुक्तानी तथा लगानी गर्नुपर्ने झन्झटिलो व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?