२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।
भट्टराईले ओलीलाई फोन गरेर बधाइ दिएका हुन् । साथै तराई मधेस, थारुवान लगायतका विभिन्न क्षेत्रका जनताका जायज माग सम्बोधन गर्न अग्रसरता लिन पनि आग्रह गरेका छन् ।
त्यसका लागि आश्यक सहयोग गर्न तयार रहेको बताएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
भट्टराईले पहाड-तराई-मधेसबीच राष्ट्रिय एकता कायम गरी सबै नेपालीले दीपावली मनाउने वातावरण प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4