+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

मलाकामा १४ नेपाली कामदार पक्राउ, अवैधरुपमा काम गरिरहेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १२:५२

Malacca८ कात्तिक, काठमाडौं । मलेसियाको मलाकामा १४ नेपाली पक्राउ परेका छन् । अध्यागमन विभागले शनिबार बुक्ति राम्बाइ क्षेत्रमा अवस्थित तीन कारखानाबाट १४ नेपाली सहित एक सय ३९ अवैध कामदारहरु पक्राउ गरेको बर्नामा समाचार सेवाले जनाएको छ ।

विभागका वरिष्ठ उप निर्देशक मोहमद लम्सा ओथमनका अनुसार पक्राउ पर्नेहरुमा एक सय २० बंगलादेशी, चार म्यान्मारका नागरिक, एक एण्डोनेशियाली छन् । तिनीहरु २० देखि ४५ वर्षको उमेर समूहका छन् ।

दुइ जनासँग भिसासहित यात्राका लागि चाहिने वैध कागजातहरु थिएनन् भने अन्य कामदारहरुले सीमा अनुमतिपत्रमा उल्लिखित शर्तहरुको पालना नगरेको ओथमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?