+
+

ताप्लेजुङको पेदाङमा पहिरो, दुई घर परिवार विस्थापित

रविन भट्टराई रविन भट्टराई
२०७३ असार ४ गते १६:५१

४ असार, ताप्लेजुङ । ताप्लेजुङको पेदाङ गाविसमा शनिबार दिउँसो गएको पहिरोका कारण दुई घर परीवार विस्थापित भएका छन् भने अन्य तीन घर पहिरोको जोखिममा रहेका छन् ।

दिउँसो करीव बाह्र बजेबाट सुरु भएको पहिरोका कारण पेदाङ चारका कविराज गौतम र कमल गौतमको परीवार विस्थापित भएका हुन् । पेदाङ तीनका उत्तर भण्डारी, चन्द्रविर महत, र डिल्लि भण्डारीको घर पहिरोको जोखिममा रहेको स्थानिय विष्णु साम्युले बताएका छन् ।

वर्षा नभए पनि अकस्मात झरेको पहिरोका कारण कविराजको गोठमा क्षति पुर्‍याएको छ भने पेदाङ १, २, ३, र ४ वाडामा ल्याएको खानेपानीको मुहान सहित पाईप बगाउँदा ती वाडामा खानेपानी अबरुद्ध भएको स्थानिय पुर्ण सिं लिम्बुले बताए । पहिरोले सोहि गाविसमा रहेको भञ्जारे प्राथमिक विद्यालय जाने बाटो समेत बगाएको छ ।

वर्षा भए अझै ठुलो पहिरो जाने सम्भावना रहेकाले पहिरो नजिकै रहेका दुई परिवारलाई अन्यत्र सारीएको र अन्य घर पनि पहिरोको जोखिममा रहेको स्थानियले बताएका छन् ।

वर्षा नभएकाले पहिरो अहिले रोकिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले पहिरो गएको क्षेत्र नजिकै प्रहरी चौकी नभएकाले तेल्लोक ईलाका प्रहरी कार्यालयबाट प्रहरी पठाई क्षतिको विषयमा जानकारी लिने तयारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?