Comments Add Comment

उपहार गोलको मदतमा म्यानचेष्टर सिटीको विजयी सुरुवात

Manchester City३० साउन, काठमाडौं । प्याडी म्याकनैरको उपहार गोलको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।

पेेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले सण्डरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले चौथो मिनेटमा नै सर्जिओ एग्युरोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, ग्वार्डिओला, जसले गोलकिपर जोए हार्टलाई बेच्नमा राखेका थिए, उनको टिमले ७१ औं मिनेटमा गोल खायो । सण्डरल्याण्डका डेफोइले गोल बराबरी गोल गरे ।

सिटीले खेलमा केही अवसर श्रृजना गरेको थियो । तर,८७ औं मिनेटमा म्याकनैरले गरेको आत्मघाती गोल नै घरेलु टोलीलाई २-१ को जित दिलाउन पर्याप्त भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment